मोटरसाइकल दुर्घटनामा जिल्ला सदस्यको मृत्यु
नवलपरासी । पूवी नवलपरसी जिल्ला समन्वय समितिका सदस्य मकरध्वज गुरुङगे मगरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिका निवासी मगरको आफैले चलाएको लु४५प १२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
चोरमाराबाट कावासोती जादै गर्दा रोकीराखेको ट्याक्टरलाई ठक्कर दिदा घाइते भएका ४५ वर्षिय मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ बाट कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित मगर जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस