नारायणगढ–मुग्लिन सडक सुचारु
चितवन । नारायणगढ–मुग्लिन सडक खुलेको छ । बिहान सबेरै खसेको पहिरो हटाइएसँगै सडक सुचारु भएको हो ।
नरायणगढ–मुग्लिन सडकखण्डको इन्छाकामना गाउँपालिका–६, कालीखोलामा बिहान ५ः४५ बजे सडकमा खसेको पहिरो केहीबेर अघि हटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।
प्रतिकृया दिनुहोस