सुर्खेतबाट हुम्ला उडेको जहाज बेपत्ता

Makalu

काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए ।


एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। क्याप्टेन किरण भट्टराई थिए। यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए।

मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो तर पछि समिट एयरसँग एउटा जहाज किनेर ३ वटा बनाएको थियो। उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएरमध्य र सुदुर पश्चिमका पहाडी र हिमाली जिल्लामाउडान भर्दै आएको थियो।

 सुर्खेतका प्रजिअ कार्कीले सूचना संकलन गरेर खोजी शुरु गरेका जानकारी दिंदै सम्भावित जिल्लामा टोली परिचालन गरेको बताए । जहाज खोज्न सुर्खेतबाट हेलिकप्टर पठाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...