कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

Bumar

काठमाडौँ । धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उनले भने, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लािग रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ ।

कामपाले १२ करोड मूल्यबराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ ।

कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६ सय टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...