रेडियोमा अन्तर्वार्ता दिंदै गर्दा विप्लवका नेता पक्राउ
धनगढी । कैलालीको लम्किस्थित रेडियो रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदादिँदै नेकपाका नेता दिलबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो करिब ३ बजेतिर इलाका प्रहरी कार्यालय लम्किले साउँदलाई रेडियो स्टेशनबाटै पक्राउ गरेको थियो । साउदलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
बन्दको बारेमा जवाफदेही बनाउनका लागि पत्रकार युवराज न्यौपानेले साउँदसँग अन्तरवार्ता लिदै थिए । सञ्चार गृहमा प्रहरी प्रवेश गरेर तानाशाही व्यवहार देखाएको भन्दै विभिन्न सञ्चार संस्थाहरुले विरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस