समाचार संकलनमा अवरोध गरेकोमा पत्रकार महासंघको आपत्ति

Nepali photo journalist  modi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन र काठमाडौं महानगरपालिकाबाट गरिएको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोमा गम्भीर ध्यानाकर्ष भएको जनाएका छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय सभा गृहमा गरिएको अभिनन्दन समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो ।

मोदी भ्रमणको समाचार संकलनका लागि पर्यटन मन्त्रालयले सञ्चारमाध्यमलाई विशेष पासको व्यवस्था गरेको थियो । तर, पास लिएका सञ्चारमाध्यमलाई पनि समाचार संकलनमा रोक लगाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...