प्रेसरकुकर बम निष्क्रिय
हेटौँडा । अज्ञात समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडास्थित कर्रा खोला नजिक राखेको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको छ ।
बम निष्कृय गराउँदा कुनै मावनीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसैबीच, नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण हेटौँडाबाट छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेनन् ।
प्रतिकृया दिनुहोस