दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण

Dirti bihin

काठमाडौँ । दृष्टिविहिन विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउने उद्देश्यले १० जना दृष्टिविहीन विद्यार्थीहरुलाई ‘एनड्रोइड मोबाइल’ वितरण गरिएको छ ।

अपांगता भएको व्यक्तिको शैक्षिक अधिकार प्रवर्द्धनका लागि क्रियाशील नेपालले दृष्टिविहिन विद्यार्थीहरु प्रतिमा भटटराई, सुनिता अधिकारि, यमुना पौडेल, राजिवकुमार शाह र कोपिला गुरुङ लगायत १० जनालाई मोवाइल वितरण गरिएको  हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्रियाशील नेपालले ‘दृष्टिविहीन विद्यार्थीको पढाइ क्षमता अभिवृद्धि प्रविधिकरण र एनड्रोइड मोबाइल वितरण’ कार्यक्रमको आयोजना गरी मोवाइल गरिएको हो ।

मोबाइलमा दृष्टिविहीन विद्यार्थीले पुस्तक डाउनलोड गरेर अध्ययन गर्न सक्नेछन् । यसअघि सो संस्थाले विभिन्न जिल्लाका करीब ५ सय ५० दृष्टिविहीन विद्यार्थीलाई एनड्रोइड मोबाइल वितरण गरिएको क्रियाशिल नेपालको भनाई छ ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला विभागकी शाखा अधिकृत निरा अधिकारी र कामपा, सामाजिक विकास विभागका विभागीय प्रमुख नूरविधि न्यौपानेले मोबाइल वितरण गर्दै दृष्टिविहीन विधार्थीको शिक्षामा सहज पहुँच पुर्याउन सरकारले सक्दो सहयोग गर्ने जानकारी दिए ।

राष्ट्रिय अपांग महासंघ नेपालका सचिव ओमप्रकाश बञ्जाडे र रोठरी क्लब अफ जावलाखेलका सहसचिव तीलक तिवारीले अपांगताको क्षेत्रमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संयुक्तरुपमा अगाडि बढ्नुपर्नेमा  जोड दिए ।

क्रियाशील नेपालका संस्थापक अध्यक्ष डा वीरेन्द्रराज पोखरेलले शिक्षामा पहुँच बढाउनका लागि क्रियाशील नेपालले गाउँगाउँका दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गर्ने योजना रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...