प्यूठानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते

Accident  photo

प्यूठान । भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ जना महिला र २ जना पुरुष छन् ।

महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस सरुमारानी गाउँपालिका ४ बडडाँडामा दुर्घटना भएको हो । 

अहिले सम्म २० जनाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय बडडाँडाले जनाएको छ । बस सडकबाट १५० मिटर तल खसेको छ । गाडीमा २७ जना यात्रुले यात्रा गरेका थिए । स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो । मृतकको शव जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मध्ये ४ जनालाई बुटवल पठाइएको छ । १६ जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । स्थानीय र सुरक्षाकर्मी उद्दार कार्यमा खटिएका थिए । बस दुर्घटना हुनुको कारण खुलेको छैन ।

बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते पाँच जनालाई बुटवल २ जनालाई नेपालगञ्ज उपचारको लागि पठाइएको छ । १८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...