उमाकुण्ड गाउँपालिका-५ का वडाध्यक्ष मृत फेला

Kubir khatri

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिका वडाअध्यक्ष कुवीर खत्री मृत फेला परेका छन् । मंगलबार बिहानबाट हराएका ५२ वर्षीय खत्रीको शव सुनकोसी नदीमा फेला परेको हो ।

मंगलबार बिहान घरबाट गाउँपालिकाको बैठकमा सहभागी हुन हिँडेका अध्यक्ष केसी दिउँसो अबेरसम्म पनि कार्यालयमा नपुगेपछि खोजी सुरु भएको थियो ।

बुधबार बिहान लिखु नदी किनारमा उनको शव भेटिएको उमाकुण्ड गाउँपालिका प्रीतिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।

वडाध्यक्ष खत्रीले मंगलबार बिहान प्रीति–५ को बसेरी चिलाउने भन्ने स्थानमा आफूले प्रयोग गर्दै आएको मोटरसाइकल, कोट, जुत्ता र डायरीलगायत सामग्री सडकछेउमा छाडेका थिए । उनले छाडेका सामग्री राखेको स्थानभन्दा करिब पाँच सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...