अख्तियारमा कूल १ सय ८२ वटा उजुरी दर्ता
नवलपरासी । चालु आर्थिक वर्षमा यस जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १ सय ८२ वटा उजुरी दर्ता भएका छन् ।
आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालका का १ सय ८२ वटा उजुरी परेकामा सबैभन्दा धेरै १ सय १० वटा शिक्षा क्षेत्रका भएको प्रमुख आचार्यले बताए ।
उजुरीमा शैक्षिक सामग्री खरीदमा अनियमितता, विद्यालयको एउटा शीर्षकको रकम अरू शीर्षकमा खर्च गरेकोे, विद्यालयको रकम व्यक्तिलाई ब्याजमा लगाउने गरेको लगायतका उजुरी परेको प्रमुख आचार्यले बताए ।
प्रतिकृया दिनुहोस