कुमाल समुदायमा खानेपानी धारा जडान, स्थानीयवासी हर्सित

Dhara

पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ६ ले तिलकपुरमा बसोबास गर्ने कुमाल समुदायका घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानियवास हर्सित भएका छन् ।

धारा जडान भएपछि सो क्षेत्रका कुमाल समुदायमा खुसियाली छाएको छ । रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनामार्फत ६० घरधुरीमा खानेपानी धारा जडान गरी खानेपानीको प्रबन्ध मिलाइएको वडा अध्यक्ष हुमनाथ न्यौपाने बताए ।

‘वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका कुमाल समुदायका गरिब, विपन्न परिवारलाई कार्यालयले घरघरमा खानेपानीको सुविधा उपलब्ध गराएको छ’, उनले भने, ‘आयोजनाको धारा जडान गर्न नसकेका ६० घरधुरीमा वडा कार्यालयले ५० प्रतिशत छुट्मा प्रति घरधुरीका लागि  १० हजार सहयोग गरी खानेपानी धारा जडान गरिएको छ ।’

‘आर्थिक समस्याका कारण घरमा धारा जडान गर्न सकिएको थिएन, जनप्रतिनिधि आफैँ घरमा आएर खानेपानीको व्यवस्था मिलाइदिनुभएकामा एकदमै खुशी छु,’ स्थानीय उपभोक्ता कृष्णबहादुर कुमाल बताउँछन् ।

गाउँका सबै छिमेकीका घरघरमा आयोजनाका पानी आउँदा निकै रहर लाग्थ्यो, बिना झन्झट जनप्रतिनिधि आफैँले सबै प्रक्रिया मिलाएर घरमै पानी आउने गराइदिनुभएको कुमालले भने ।

निर्वाचनका बेला घर घरमा खानेपानी ल्याउने वाचा गरेका यहाँका जनप्रतिनिधिले अहिले कुमाल समुदायलाई प्राथमिकतामा राखेर घरघरमा खानेपानी धारा जडान गरिएदिएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभूति भएको ७५ वर्षीय गंगाबहादुर कुमालले भने ।

स्थानीय निकाय जनप्रतिनिधिको हातमा छ । यसरी सबै गाउँठाउँमा जनप्रतिनिधिले हाम्रो नभनी सबैको हितका लागि राम्रो काम गर्नसके साँच्चिकै जनप्रतिनिधि जनताका साझा व्यक्ति बन्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...