सुन तस्करी र हत्याको अभियोगका आरोपी ५ को बयान सम्पन्न

Gold 33

विराटनगर । जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज ५ जनासँग बयान लिने कार्य सम्पन्न भएको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज ५ जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताए ।

यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन् ।

निजमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ ।

यस घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये ६ जनाको बयान कार्य बिहीबारदेखि शुरु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...