पहिरोले जिप पुरियो, तीन जना बेपत्ता

Jeep

बझाङ । बझाङमा बुधबार राति परेको भीषण असिना पानीसँगैको पहिरोले एक जिप बगाएको छ ।

पहिरोले बगाएर से १ ज ८२० नं को जिप जयपृथ्वी नगरपालिकाको सुवेडास्थित सडकबाट करिब १ सय मिटर तल चौट्याखोलामा खसेको छ । जिपमा ३ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

प्रहरी, सेना र स्थानीयहरु बिहानैदेखि उद्धार कार्यमा जुटेका छन् । अप्ठ्यारो ठाउँमा पहिरोमा पुरिएको अवस्थामा भेटिएकोले उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले बताएको छ ।

जिपमा चालक रमेशचन्द, सदरमुकामका व्यापारी अम्मरराज बन र एक अर्का यात्रु सवार रहेको बताइएको छ । तीनै जना सम्पर्कविहीन रहेकोले दुर्घटनामा परेको हुन सक्ने स्थानीयको अनुमान छ ।

बिहान स्थानीयवासीले जिप दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले डोजरको सहायताले जिप निकाल्न पहल भइरहेको प्रहरीले जनाएको छ । गहिरो खोचमा दुई ढुङ्गाको बीचमा जिप खसेका कारण उद्धार गर्न अप्ठ्यारो परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...