मोदी भ्रमण : जनकपुरमा भारतीय सुरक्षा टोलीको उपस्थिति बाक्लिंदै

परीक्षणका लागि वायुसेनाको हेलिकप्टर रंगभूमि मैदानमै अवतरण

Indian helicopter janakpur

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतीय सुरक्षा टोलीहरुको जनकपुरमा उपस्थिति बाक्लिंदै गएको छ । भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे अत्यधिक चासो राखेका छन् ।

बुधबारै पटनाबाट आएको भारतीय प्रधानमन्त्री कार्यालयको विशेष सुरक्षा समूह (स्पेसल प्रोटेक्सन गु्रप) का आईजीपी, विदेश मन्त्रालयका अधिकारी, भारतीय वायुसेनाका अभिनिल राय र राजदूत मञ्जिभसिंह पुरीलगायतको टोलीले जनकपुर आएर सुरक्षा व्यवस्था र तयारीबारे जानकारी लिएको छ ।

मोदीको अभिनन्दन हुने जनकपुरको रंगभूमि मैदान र उनले विशेष पूजाअर्चना गर्ने जानकी मन्दिरमा भइरहेको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिन टोली जेडपी ५११९ कलसाइन भएको भारतीय वायुसेनाको हेलिकप्टरमा अपराह्न जनकपुरलाई एक फन्को लगाउँदै रंगभूमि मैदान उत्रिएको थियो । भारतको पटनाबाट हेलिकप्टरमै काठमाडौं आएका उनीहरूसँग परराष्ट्र मन्त्रालय र नेपाली सेनाको हेलिकप्टर हेर्ने प्राविधिक पनि जनकपुर आएका थिए ।

रंगभूमि मैदानमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव र भूमि व्यवस्थापन तथा कृषिमन्त्री शैलेन्द्र साहले तयारी र सुरक्षाबारे ब्रिफिङ गरेका थिए ।

भारतीय प्रधानमन्त्री कार्यालयको सुरक्षा प्रोटेक्सन ग्रुपका आईजीपीले रंगभूमि मैदानमा बनाइने मञ्च, लगाइने पन्डाल र मोदी चढेर आउने हेलिकप्टरका लागि बनाइने हेलिप्याडलगायत विषयमा नेपाली अधिकारीसित छलफल गरेका थिए । भारतीय अधिकारीहरू जनकपुर विमानस्थलमा उत्रिएर गाडीमा रंगभूमि मैदान पुगेका थिए ।

तर परीक्षणका लागि भन्दै वायुसेनाको हेलिकप्टर रंगभूमि मैदानमै अवतरण गराइएको थियो । हेलिकप्टर अवतरण गर्दा रंगभूमि मैदान धुलोले छोपिएपछि भारतीय अधिकारीहरूले कंक्रिटको हेलिप्याड निर्माण गर्न वा मोदी अवतरण गर्नुअघि एक–एक घन्टा फरकमा हेलिप्याड क्षेत्रमा पानी छर्किन सुझाएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सीधै जनकपुर आउने कार्यक्रम छ । नयाँदिल्लीबाट जहाजमा पटना ओर्लिने मोदी र उनको टिम तीनवटा हेलिकप्टरमा जनकपुर आउनेछन् । रंगभूमि मैदानको दक्षिणतर्फ हेलिकप्टर अवतरणका लागि कंक्रिटका तीनवटा हेलिप्याड निर्माण गरिने भएको छ । भारतीय वायुसेनाका पाइलट अभिनिल रायले ३० देखि ४० मिटरको हेलिप्याड बनाउन सुझाइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...