प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न माग

4 pradesh

नवलपरासी । प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । नवलपुरका प्रदेश सासंद रोशनबहादुर गाहाको पहलमा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।

गोर्खा प्रदेश अभियान नामले चलाइएको अभियानमा सासंद गाहाका छोरा इश्वरजंग थापासहित यहाँका केही युवाहरु संलग्न छन् ।

पहिलो चरणको अभियान अन्तर्गत नवलपुरको कावासोती, डण्डा, चोरमारा, देचवुली, दुम्कीवास, गैडाकोटलगायतका स्थानमा हस्ताक्षण संकलन अभियान सुरु भएको अभियान्ता थापाले जानकारी दिए ।

सबै धर्म वर्णका व्यक्तिको बसोबास रहेको र विश्वमा चिरपरिचत र विवादित नहुने नाम गोर्खा प्रदेश भएको सांसद गाहाले तर्क गरेका छन् ।

गण्डकी प्रदेश नामाकरण गर्ने चर्चा भइरहेको सन्दर्भमा सांसद गाहाले भने, ‘यसमा त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्गदी, मादी, सेती र कालीगण्डकीको मूल रुप रहेको र चितवन, नवलपुरसम्म आइपुग्दा नारायणी नदीका रुपमा परिचित भएकाले गण्डकी प्रदेशले प्रदेश ४ को पहिचान दिन सक्दैन ।’

उनले गण्डकी शब्द आँफैमा विवादित रहेको बताए । भारतले गण्डक नहर खोलेपछि नेपाली भुमिका बासिन्दा वर्षौ देखि डुवानमा पर्दै आईरहेको र गण्डक शब्दको बिस्तारित रुप नै गण्डकी भएकाले यो नेपाली पहिचान बोकेको नभई भारतीय पहिचान बोकेको शब्द रहेको सांसद गाहाको तर्क छ ।

यस्तै, मूक्तिनाथ राख्दा धार्मिक हिंसा उत्पन्न हुन सक्ने गाहाले आशंका गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...