गृहमन्त्रीको निष्कर्ष : तीनथरी अपराधले मुलुक आक्रान्त

'राजनीतिक, आर्थिक र सामाजिक तीनथरी अपराध'

Pradesh 3 security

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा तीन किसिमका अपराध ब्याप्त रहेको निष्कर्ष सुनाएका छन् ।

मंगलबार राजधानीमा तीन नं प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पहिलो राजनीतिक, दोस्रो आर्थिक र तेस्रो सामाजिक अपराध रहेको बताए ।

‘पहिलो राजनीतिक अपराध छ । जनसरकारको नाममा देशमा अस्थिरता निम्त्याउन खोजिँदैछ । यसलाई नियन्त्रण गर्न कुनै आदेश कुर्नु पर्दैन एक्सनमा जानुस्’, प्रहरी अधिकारीतर्फ लक्षित गर्दै थापाले भने, ‘अर्को आर्थिक अपराध छ । सुन तस्करी, बालुवा तस्करी, भन्सार छली, गिटीदेखि मानव तस्करीसम्म, सिन्डीकेट लगायत छन् ।’

उनले सिन्डिकेटको अन्त्य र सुन तस्करीबारे छानबिन समिति गठन गरेर अपराध नियन्त्रणको सुरुवात गरिसकेको भन्दै अन्य क्षेत्र पनि सुद्धिकरण सुरु गरिने बताए ।

तेस्रोमा सामाजिक अपराध रहेको उनले बताएका छन् । यौन हिंसा, घरेलु हिंसा, बलात्कार, छुवाछुत जस्ता अपराध नियन्त्रण गर्न कडा कदम चाल्न उनले प्रहरीलाई निर्देशन दिए । उनले मदिराको नियन्त्रण र लागूऔषध निषेधका लागि गृहले विशेष कार्यक्रम पनि ल्याउन लागेको बताएका छन् ।

गृहमन्त्रीले प्रदेश नं ३ मा देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरु बसेको पनि बताए । उनले जनताले महसुस गर्ने गरी तिनीहरुलाई नियन्त्रण गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन समेत दिए । प्रदेश ३ बाट जाने सन्देशले देशभरका तस्कर, भ्रष्टचारी आफैं तह लाग्ने उनको भनाइ थियो ।

उनले प्रहरीको सरुवा, बढुवामा गृहबाट अन्याय नहुने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...