५ महिनादेखि कर्मचारीको तलब अबरुद्ध,कालो ब्यानरसहित कर्मचारी आन्दोलमा

Nplfm

काठमाडौँ । ५ महिनादेखि नेपाल एफएममा कार्यरत कर्मचारीको तलब अबरुद्ध भएपछि कालो ब्यानरसहित कर्मचारी आन्दोलमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिले नेपाल एफएममा कालो ब्यानर टाँसेर आन्दोलन सुरु गरेको हो । महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको आन्दोलन टोलीले एफएमको भवनमा ब्यानर टाँगेर आन्दोलनको कार्यक्रम थालेको छ ।

श्रमजीवी पत्रकार कर्मचारीलाई ५ महिनादेखि रोकिएको तलब अबिलम्ब उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन अनुरुप सबै सेवा (सुबिधा दिनुपर्ने, पत्रकारहरुलाई बिभिन्न झुट्टा आरोपलगाएर दुख दिने कार्य बन्दहुनुपर्नेलगायतका माग राखिएको समितिका सहसंयोजक जन्मदेव जैसीले बताए ।

ब्यानर टाँसेपछि आन्दोलन कार्ययक्रमलाई म्बोधन गर्दै महासचिव विष्टले श्रमजीवीका माग पुरा नभए तालाबन्दीसम्म उत्रिन महासंघ बाध्य हुने चेतावनी दिए । श्रमको मुल्य नदिने मिडिया बन्द हुन्छन् भने होउन् तर हाम्रो आन्दोलन रोकिदैन, विष्टको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...