फेवातालका अतिक्रमित संरचना हटाउन सर्वोच्चको आदेश

Supreme court

काठमाडौं । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काउन आदेश दिएको छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले आइतबार २०६९ सालमा फेवाताल अतिक्रमण छानविन गर्न विश्व प्रकाश लामिछानेको संयोजकत्वमा गठीत समितिको प्रतिवेदन कार्यान्वयन गर्न आदेश दिएको हो ।

सर्वोच्चले फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्नसमेत सरकारका नाममा आदेश दिएको छ ।

२०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल अहिले ४ दशमलव २ किलोमिटरमा खुम्चिएको छ । अतिक्रमणका कारण तालको क्षेत्रफलमात्रै नभई गहिराई समेत ३३ मिटरबाट १८ मिटरमा आएको छ ।

अतिक्रमण नरोकिनेको हो भने आगामी सय बर्षभित्र फेवातालको अस्तित्व नै नरहने छानविन समितिको प्रतिवेदनले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...