प्रदेश ४ को नामकरणका लागि अभियान

Province 4

नवलपरासी । प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।

प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो ।

नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताए । हस्ताक्षर संकलनलाई आगामी दिनमा प्रदेशका विभिन्न स्थानमा समेत गर्दै जाने अभियन्ता थापामगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...