झापाको ३ वडामा खानेपानीको स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

Panee

झापा । झापा मेचीनगरका तीन वटा वडाका साढे ४ हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।

मेचीनगर नगरपालिका १, २ र ३ नं वडामा बासोबास गर्ने ४ हजार ५ सय ५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिए ।

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको मेचीनगर २ की लक्ष्मी चापागार्इंंले बताए । पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

‘स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो’, चापागाईंले भने, ‘आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन । अझ वर्षायामका समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने गरिन्छ । ’

नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको अर्का स्थानीयवासी संगीता खड्काले बताइन ।

वर्षौंदेखि खोलाकै पानी पिउँदै आएका अर्का स्थानीय यामबहादुर विश्वकर्माले पीडा सुनाए, ‘यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ । अंगार पन्छाएर पानी पिउनुपर्छ ।’

विसं २०५३ मा नगरपालिका बनेको मेचीनगरले २० वर्ष बितिसक्दा पनि यस क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न सकेको थिएन तर अहिले भने पहल भइरहेको नगरप्रमुख विमल आचार्यले बताए ।

‘खानेपानी विभागलगायतका सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराएका छौँ’, प्रमुख आचार्यले भने, ‘चाँडै स्वच्छ पिउने पानीको व्यवस्था गर्नेछौँ । केही वर्षभित्रै स्थायी रुपमा समस्या समाधान हुन्छ । ’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...