फूल फुल्ने ३ सय १२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

Sarpagandha

काठमाडौँ । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३ सय १२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।

वनस्पति विभागले दिएको जानकारीअनुसार ५ हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३ सय १२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।

यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी २ हजार ४ सय ६७, लाइकेन्स ७ सय ९२, झ्याउ एक हजार २ सय १३, उनीउ ५ सय ८०, फूल नफुल्ने ६ हजार ५३ र सल्लो ३३ रहेका छन् ।

विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८ सय १९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताए । ‘औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,’ उनले भने ।

नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...