बानेश्वरमा आफ्नै बाबुले गरे २ नाबालक छोराको हत्या, शव लुकाएर राखेको अवस्थामा भेटियो

Hatya

काठमाडौँ । राजधानीको बानेश्वरमा आफ्नै बाबुले २  नाबालक छोराको हत्या गरेर लुकाएर राखेको अवस्थामा भेटिएको छ ।

बानेश्वरको सुकुम्बासी बस्तीमा बस्दै आएका दीलिप यादवले आफ्नै कोठामा २ छोराको हत्या गरेर लुकाएर राखेको अवस्थामा भटिएको हो ।
यादवले करिब एक साताअघि आफ्ना ६ वर्षीय र ८ वर्षीय २ छोराको हत्या गरेर आफ्नै घरको कोठामा लुकाएर शव राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

वैशाख १० गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा बच्चा हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो । हराएको भन्दै उजुरी परेपछि ती बच्चाहरूलाई प्रहरीले खोजी गरिरहेको थियो ।

यादवले शुक्रबार आफ्नो परिवारलाई बच्चाको हत्या गरी घरमै शव राखेको खबर गरेका थिए। हत्यापछि फरार रहेका यादवलाई प्रहरीले खोजी कार्य जारी राखेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...