पुनर्वासको सीमा क्षेत्रमा फेरी बढ्यो भारतीय ज्यादती !

'जंगली जनावर रोक्न लगाइएको तारबार एसएसबीले उखेलिदियो'

Capture1

पुष्कर भट्ट/कञ्चनपुर । पुनर्वास नगरपालिका ९ मा पर्ने १९५ नम्बर सीमास्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न विद्युतिय तारबार गर्न खोज्दा भारतीय एसएसबीले अवरोध पुर्याएको छ ।

पुनर्वास नगरपालिका ९ वडाध्यक्ष नारायण जैशीले सो बारे जानकारी गराउदै जंगली जनावर नियन्त्रण गर्न विद्युतिय तारबार गर्न खोज्दा भारतीय एसएसबीले अवरोध पुर्याएको बताएका छन् ।

बुधबार १२ बजे तिर भारतीय सीमा सुरक्षा बल एसएसबीको ३९ औं बटालियन अन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलिले नेपाल प्रहरीले तत्काल नभत्काउन भने पनि अटेर गरि भत्काई दिएका हुन।

भारतीय दुधवा राष्ट्रिय निकुञ्ज बाट नियमित नेपाली बस्तीमा प्रवेश गरि अन्नबाली र घरबासको सुरक्षाका लागि स्थानीयले उठाएको कोष र नगरपालिकाको बजेटमा उक्त स्थानमा सौर्य उर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो।

विवाद नजन्मियोस भनी पुर्वसहमति गरि दशगजा क्षेत्रबाट करिव ५-७ मिटर वरैबाट तारबार गर्न खोज्दा समेत एक्कसी अवरोध भएको अध्यक्ष जैशीले बताए । पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले विभिन्न ठाँउमा पटकपटक अवरोध गर्ने गरेको छ ।

भारतीय एसएसबीको गतिविधिबाट स्थानीय आजित बनेका छन । गत बर्ष पनि एसएसबीले यसैगरी अवरोध गर्दा ठुलो घटना निम्तिन पुगेको थियो । आनन्द बजार घटना भएको एक बर्ष पूरा हुँदा सम्म नेपालभारत सीमा विवाद समाधान हुन नसक्दा नेपालीले पटकपटक ज्यादती सहनुपरेको छ ।

सीमा क्षेत्रमा कुनै बिवाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरि बिवाद सल्ट्याउने प्रचलित नियम उलंघन गरि पुनर्वासको बिचफाँटामा एसएसबीले देखाएको व्यवहार अन्तर्राष्ट्रिय कुटनैतिक मर्यादा बिपरित छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...