एमाले नेत्री नवीना लामा विवाह बन्धनमा

Nabina wedding

काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा विवाह बन्धनमा बाँधिएकी छन् । अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग लामाको बिहिबार विवाह भएको हो ।

काभ्रे मदनकु्रँडारीकी लामा तथा काभ्रे पाँचखालका प्रविणवीच रहेको १४ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

विवाहमा प्रधानमन्त्री केपी ओलीदेखि विद्यार्थी नेतासम्म सहभागि भए । त्यस्तै लामाको विवाहमा मन्त्री, विभिन्न दलका नेता पनि सहभागि भएका छन् ।

काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा भएको विवाह कार्यक्रममा लामालाई बैबाहिक जीवनको शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, राष्ट्रिय सभा अध्यक्ष गोणश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरा, गायीका तथा सांसद कोमल वली, प्रधानसेनापति राजेन्द्र क्षेत्री, सांसद विद्यार्थीका नेता– कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।

नविना र प्रविणको गत फागुनमै विवाहको तयारी भएको थियो । तर, नवीनाका हजुवाको निधनपछि विवाह बैशाखमा सारिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...