भूकम्पपछिको पुनर्निर्माण : एक खर्ब १९ अर्ब खर्च, आशमै बित्यो तीन वर्ष

Gorkha 1

काठमाडौं । ०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनासकारी भूकम्प गएको आज तीन वर्ष पुगेको छ । विनाशकारी भूकम्पले थुप्रै जनधनको क्षति गर्यो । त्यसको तीन वर्ष बितिसक्दा पनि क्षतिग्रस्त संरचनाले अझै आकार लिन सकेको छैन भने कैयन भूकम्पपीडित अझै पनि टहरामै बसिरहेका छन् ।

भूकम्पमा ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन ।

सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसुकै बेला निकाल्न सक्ने गरी सुरक्षित रुपमा गाडेको छ ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अझै १ खर्ब ६० अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणमा अहिलेसम्म १ खर्ब १९ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । यसमध्ये ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ ।

पुनर्निर्माण सम्पन्न गर्न दाताले दिएको प्रतिबद्धता, सम्झौता तथा खर्च भइसकेको रकमबाहेक थप १ खर्ब ६० अर्ब आवश्यक पर्ने प्राधिकरणका सिइओ युवराज भुसालले बताए ।

भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेश भएका छन् र ?’

काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए । तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपाने घर भत्काउने उपकरण चाहियो भनेर प्रस्ताव पेश भएकोबारे आफू अनविज्ञ रहेको बताउँछन् ।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘जोखिमयुक्त घर भत्काउन आधुनिक उपकरण हामीले माग गरेका हौँ । पछि त्यस्तै माग महानगरपालिकाले पनि गरेछ ।’

तर, अर्थ मन्त्रालयले कसैलाई पनि बजेट दिएन । योजना त्यत्तिकै थन्कियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...