भुपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानको लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले १२औं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पण्डिततले यस्तो जिकिर गरेका हुन । उनले भने,‘०४६ सालको आन्दालेन र दोस्रो जनआन्दोलनमा म स्वयम सहभागी भएर लडेको मानिस हुँ, मेरो मनमा लोकतन्त्र र गणतन्त्रप्रति ठूलो भरोसा छ, लोकतन्त्रको लागि धेरैले बलिदान र योगदान दिनुभएको छ, तमाम व्यक्तिहरु घाईते बन्नुभएको छ, सरकारले आन्दोलनका घाईते, सहिद परिवार र पीडित व्यक्तिको हकहितको लागि दिँदै आएको सेवा सुविधा फेरवदल गर्नको लागि मन्त्रीपरिषदको बैठकमा म आफ्ना कुरा राख्छ ।’
उनले भने,‘गण्तन्त्र स्थापना भएको छ, राजतन्त्रको अस्तु पनि बाँकी छैन्, लोकतन्त्र समृद्धिमा प्रवेश गरेको छ, विगतका दिनमा राजनीतिक अस्थिरताको कारण जनताले दुःख पाए, अबका दिनमा आत्मनिर्भर बन्न र राष्ट्रका लागि काम गर्ने जो कोहीले अभावमा बाँच्नु पर्दैन, आगामी बजेट निर्माणमा सहिद परिवार, घाईते, बेपत्ता परिवारको लागि उचित किसिमको सेवाको लागि सुझाव दिनेछु ।’
मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए। उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ ।
’कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने,‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ ।
’मन्त्री पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएको र उनीहरुको पेन्सन पट्टा दिलाउने काम भैरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न।’
त्यस्तै मन्त्री पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरुलई भुतपूर्व नेपालीको संज्ञा दिएका थिए । उनले त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी आफूहरुले थालेको समेत आज खुलासा गरेका छन् ।
प्रतिकृया दिनुहोस