गृृहसचिव राईबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण

Rai ni

काठमाडौं । गृहसचिव प्रेमकुमार राईले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारीसमेत लिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा गृहसचिव राईसमक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाही, जनशक्ति, साधनश्रोत, परिचालन, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा विस्तृत रुपमा जानकारी गराए ।

सो अवसरमा उनले स्थापनाको उद्देश्य पुरा गर्ने दिशामा यस संगठन सफल ठहरिएको चर्चा गर्दै प्राप्त कार्यादेशलाई प्रभावकारी रुपले कार्यान्वन गर्दै आइरहेको भन्दै संगठनको प्रशंसा समेत गरेका थिए । उनले अन्य सुरक्षा निकायको साथसाथै सशस्त्र प्रहरी बलको भूमिका पनि मुलुकको शान्ति सुरक्षा कार्यमा सधैं महत्वपूर्ण रहने चर्चा गरे ।

गृहसचिव राईले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि, विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, मानव बेचबिखन नियन्त्रण लगायतका आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।

वत्तिविकास, तालिम, सेवासुविधा, स्रोतसाधन र जनशक्ति अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गरे । सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकास एवं बलका अधिकृत जवानहरुलाई उत्प्रेरणा गर्ने खालको कल्याणकारी कार्ययोजना तर्जुमा गर्नेतर्फ संगठन लागिपरेको चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सरुवा, बढुवा, तालिम लगायतका अवसरहरु न्यायोचित ढंगले प्रदान गरिने बताए ।कार्यक्रममा गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु एवं विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।    

    

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...