एमालेभित्र लो प्रोफाइलका पाण्डे पुगे हाइप्रोफाइल पदमा

Pusha kandel

काठमाडौं । सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रीरिषद्को बैठकले पाण्डेसँगै आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको छ ।

एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका कँडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेल अर्थविद हुन् ।

२०२६ देखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।

२०१२ भदौ १५ गते धादिङको रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका छन् ।

उनले २०५१ सालमा एमाले सरकारमा रहँदा ३ महिना राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य भएका थिए भने २०६२/०६३ को आन्दोलनपछि नेपाल बैंक लिमिटेडको संचालक समिति सदस्यमा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...