न्यायिक समितिमा आएका सबै मुद्दाको फैसला

Nay

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको छ, ती सबै तत्काल फैसला हुन्छन् ।’

श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ।

संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहेका छन् । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...