साना किसान बिकास बैंक ६८ जिल्लामा
काठमाडौँ । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ ।
विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ ।
प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैंकले चालू आवको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६३ करोड पु¥याउने योजना छ ।
मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ ।
बैंकका उपकार्यकारी प्रमुख अधिकृत डा.शिवराम कोइरालाले अहिलेसम्म करीब ७ सय कृषि सहकारीमार्फत ग्रामीण बित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालीम उपलब्ध गराइएको बताए ।
मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानीका लागि पनि बैैंकले भूमिका निर्वाह गरेको कोइरालाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस