हटियाकालागि नयाँ भवन निर्माण हुने

Home earthquake

राजविराज । हटियालाई गुणस्तरीय र व्यवस्थित बनाउनका लागि सप्तरीको राजविराजस्थित हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ ।

करीब ३७ करोडको लागतमा निर्माण गर्न लागिएको भवनमा ३ सय कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए ।

नेपालको सबैभन्दा पहिलो नगर योजना टाउन प्लानिङ गरी बनाइएको राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने तरकारी हटियाको मुहार फेर्नका लागि सो भवन निर्माण गर्न लागिएको प्रमुख यादवले जनाकारी दिए ।

विसं २०१६ मा स्थापना भएको राजविराज नगरपालिकामा अव्यवस्थितरुपमा रहेको हटियालाई राजविराज नगरपालिकाले नयाँ भवन निर्माण गरी व्यवस्थित ढंगले हाट बजार सञ्चालन गर्ने योजनाका साथ सोमबारदेखि पुनःनिर्माणको कार्य थालिएको राजविराज नगरपालिकाले जनाएको छ ।

हटिया क्षेत्रमा लाग्ने तरकारी बजारलाई हटियाको पश्चिमतर्फ पुरानो माछा हाट र त्यस वरिपरिको क्षेत्रमा तत्काल लगाउन शुरु गरिएको प्रमुख यादवले भने ।

तरकारी बजार लाग्ने नयाँ स्थानमा व्यापारीले अस्थायी टहरा निर्माण गराई यसअघि लाग्ने माछा हाटलाई राजविराज नगरपालिकाले वडा नं ४ स्थित नगरपालिकाकै स्वामित्वमा रहेको खाली स्थानमा सेड बनाएर व्यवस्थित गरेको उहाँले राससलाई जानकारी दिए ।

हाल हटियामा मानव जातिको जन्मदेखि मरणसम्मका लागि चाहिने सम्पूर्ण सामग्रीका साथै खाद्यान्न, ताजा तरकारी, फेन्सी सामग्री, औषधि, सियो, धागोदेखि नूनतेलसम्म पाइने गरेको छ ।

भारतको गुलाबी शहरको नामले प्रख्यात जयपुर शहरको नक्सामा आधारित राजविराज बजारलाई विसं २०१६ मा टाउन प्लानिङ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...