बालिकालाई यौन दुव्र्यवहार गर्ने शिक्षा एकाइ प्रमुखविरुद्ध मुद्दा

Durbyaber  mahila

काठमाडौं । शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ज्ञानमणि नेपालविरुद्ध यौन दुव्र्यवहार आरोपमा मुद्दा दर्ता भएको छ । 

नेपालले समन्वय एकाइको क्वार्टरमै हिसाब सिकाउने बहानामा यौन दुव्र्यवहार गरेको पीडित बालिकाले आरोप लगाएकी छिन् । नेपालले एकाइको क्वार्टरमा काम गर्ने महिलाकी १५ वर्षीया भतिजीमाथि दुव्र्यवहार गरेको आरोप छ ।

पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त दर्ता गराएको छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइका कर्मचारीले भने आरोपी नेपाल सोमबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको बताएका छन् ।

पीडित बालिका केही दिनदेखि फुपूसँगै बस्दै आएकी थिइन् । उनकी फुपू सोही कार्यालयको क्वार्टरमा खाना पकाउने काम गर्छिन् । पीडित बालिकाले नेपालले पढाउने बहानामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गरेको र पानी पिउँछु भनेर चुकुल खोलेर भागेको बताईन् ।

पीडित बालिकाकी फुपूले बालिका भान्सा आएर रोएपछि घटना सार्वजनिक भएको थियो । पीडित बालिकाकी आमाले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरकी छन् ।

दुव्र्यवहारको आरोप लागेका प्रमुख ज्ञानमणि नेपालले भने निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले बुझाइमा फरक परेको बताए । शरीरमा छोएर पढाउँदा नजिकपन बढ्ने र पढाइमा सकारात्मक असर पर्ने भएपछि नजिकिन खोजेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...