युएस बंगला विमान दुर्घटना : विमान कम्पनी र विमानस्थलबीच दोषादोष

Us biman
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा एयरलाइन्स कम्पनी र त्रिभुवन विमानस्थलले एक आपसमा दोषारोपण गरेका छन् ।
आइतबार विमान कम्पनीले नेपालको एटिसीमाथि दोषारोपण गरेपछि त्रिभुवन विमानस्थलले आपत्ति जनाएको छ । कम्पनीले एटिसीको दोष नभएको भए त्यहाँ कार्यरत ६ जना कर्मचारीलाइृ किन सरुवा गरिएको भन्ने प्रश्न उठाएको थियो ।
 
त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले युएस बंगला एयरलाइन्सको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन् । दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमात्रै आएको र प्रारम्भिक प्रतिवेदनमा एटिसीको कुनै कुरा नआएकोले विमान कम्पनीले एटिसीलाई दोष दिनु गलत भएको क्षेत्रीले बताए ।
 
उनले बिस्तृत छानविन पछि मात्र यथार्थ कुरा बाहिर आउने बताए । अहिले दुर्घटना छानबिन समितिले यसको बिस्तृत अध्ययन गरिरहेको र ब्ल्याक बक्स अध्ययनका लागि टोलीका सदस्य क्यानडा गएको बताउँदै विमान कम्पनीको आरोपमा सत्यता नभएको विमानस्थल महाप्रबन्धक क्षेत्रीको दाबी छ ।
 
आइतबार बंगलादेशमा पत्रकार सम्मेलन गरी युएस–बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान आशिफले एटिसीका ६ कर्मचारीलाई अर्को विभागमा सरुवा गरिएको र यसबारे नेपाल मौन रहेको बताएका थिए । नेपाली पक्षले भने दुर्घटनामा विमानस्थलको नभई पाईलटको लापरवाही भएको बताउँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...