नौटंकी : आउलान त मोदी बैशाख २८ मा ?
काठमाडौं । चैत अन्तिम साता नेपालका प्रभानमन्त्री भारत भ्रमणमा गएका थिए । त्यही बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउने निम्तो दिए ।
ओलीको निम्तोलाई स्वीकार गर्दै मोदी नेपाल आउने भएका थिए । तर, केही दिन अघि मात्रैमोदी नेपाल आउनुअघि चीन भ्रमणमा जाने कुरा सार्वजनिक भएपछि मोदी नेपालको भ्रमणलाई वेवास्ता गरिएको मानिएको थियो ।
तर, भारतीय प्रधानमन्त्री मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् । भारतले नै मोदी नेपालको भ्रमणमा बैशाख २८ मा आउने प्रस्ताव गरेको छ ।
नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।
दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ । यद्यपि भ्रमणको औपचारिक घोषणा हुन बाँकी छ ।
योसँगै मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ ।
तर्सिएको हो त भारत ?
नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली केही समयअघि मात्रै चीन भ्रमण गएका थिए । त्यही बेला चीनले नेपालका प्रधानमन्त्री ओलाीलाई निम्तो दिएको थियो । तर, मिति भने तय भइसकेको थिएन ।
भारतमा गएका बेला ओलीले आफु चीनतिर नढल्किएको बताएका थिए । ओली चीनप्रति नढल्किएको थाहा पाएपछि भारतले मोदीको नेपाल भ्रमण अनिश्चित बनाएको थियो । तर, ओली मोदी नआउँदै चीन जालान् भनेर रोक्न मात्रै पनि भारतले मोदी आउने मिति आफैं प्रस्ताव गरेको छ ।
आखिर किन भारतले आफैं नयाँ मिति प्रस्ताव गर्दै छ ? जब की नेपालले औपचारिक रुपमा जेठ ११ गते मोदीको स्वागत गर्ने तयारी गरेको थियो । यसलाई कतिपयले ओली चीनतिर ढल्केलान् की भन्ने शंका लागेका कारण मोदी भारत आफैंले नेपाल आउने मिति प्रस्ताव गरेको हुनसक्ने आँकलन गरेका छन् ।
प्रतिकृया दिनुहोस