साहित्यकार प्रधानको निधन

Sib kumar

बागलुङ । साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ । ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो ।

प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता हुनुहुन्थ्यो । उनका तिनै भाषामा गरी दुई दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए ।

उनले कालिदासले रचना गरेको ‘मेघदूत’ को नेपाली अनुवादसमेत गरे । प्रधान बागलुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षसमेत रहेका थिए ।

स्व.प्रधानको आज कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । उनका तीन श्रीमती, सात छोरा र चार छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...