वामपन्थीले अवसर सदुपयोग गरे फेरि कांग्रेस आउँछ : गौतम

Bamdevgautam

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम गठबन्धनले यतिबेला ठुलो अवसर पाएको भन्दै अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन् । 

सत्तारुढ दल एमालेका उपाध्यक्ष गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग नगरे वामपन्थीको सरकार ढल्ने र फेरी कांग्रेस सत्तामा आउने चेतावनी दिए ।

सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले जनताको भरोसा हुनेगरी काम गर्न सरकारलाई स्मरण गराए ।

उपाध्यक्ष गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न नसके ५ वर्षपछि बाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए । जनताको आकर्षणको केन्द्र विन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

उपाध्यक्ष गौतमले बाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...