राजदूतावासमा बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

Pakrau chor

विराटनगर । विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका ४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा ७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन् ।

वैशाख ३ गते बेलुकी ८ः१५ बजेको समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएको बताइएको छ । विस्फोटनबाट सो सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो ।

साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराए । ती दुवै जनाको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...