मुस्लिम कोटामा गैरमुस्लिमलाई समेटिएकोमा मुस्लिम सोसाइटीको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न प्रदेश निर्वाचनमा मसुस्लम समुदायको प्रतिनिधित्व नगराइएकोमा मुस्लिम मिडिया सोसाईटीले आपत्ति जनाएका छन् ।
मुस्लिम मिडिया सोसाईटीका अध्यक्ष इमरान खानले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश नं. ५ मा मुस्लिम समुदायका पत्रकारहरुको बाहुल्यता हुँदाहुँदै मुस्लिम समुदायका पत्रकारलाई समावेश नगराइएकोमा आपत्ति जनाएका हुन् ।
प्रदेश नं. ५ मा मुस्लिम कोटामा गैरमुस्लिम पत्रकारलाई समेटिएको भन्दै सोसाइटीले आपत्ति जनाएको छ ।
सो विज्ञप्तीमा नेपाल पत्रकार महासंघको विधानबिपरीत नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को प्रदेश समितिको उम्मेदवारको प्रकासन गरिएको नामावाली हेर्दा अल्पसंख्यक मुस्लिम समुदायको सिट हुँदाहुँदै पनि अल्पसंख्यक मुस्लिम पत्रकारलाई समावेश नगराइएको उल्लेख गरिएको छ ।
महासंघको गरिमा, यसको सुन्दरता मानिने साझा चरित्र र महासंघको विधानको मूल मर्ममाथि नै प्रहार गर्दै मुलुकका ठूला भनिएका तीन सञ्चार संगठनहरुले महासंघको प्रदेश निर्वाचनमा समावेशीको मुकुण्डो लगाएर आफ्नो सिण्डिकेट लागू गरी अन्यलाई निषेध गर्न खोजिएको आरोप पनि लगाइएको छ ।
प्रतिकृया दिनुहोस