नेपाली मूलका अमेरिकी अर्थशास्त्री पाठकलाई नोबेलपछिको दोस्रो ठूलो पुरस्कार

Parag pathak

काठमाडौं । नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई नोवेल पुरष्कार पछिको ठुलो क्लार्क अवार्ड २०१८ प्रदान गरिने भएको छ ।

अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई सो पुरष्कार प्रदान गर्न लागिएको हो । अमेरिकन इकोनोमिक एशोसिएसनले अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक रहेका ३७ वर्षे पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।

इकोनोमिक एशोसिएसनले सार्वजनिक विद्यालयको शिक्षा प्रणाली सुधार गर्न पाठकले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्यूयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।

‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र विषयमा विद्यावारिधी गरे । सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...