जोर्डनमा भएको बस दुर्घटनामा एक नेपालीको मृत्यु, १९ घाइते

Jordan acc.

काठमाडौँ । जोर्डनको पेत्रास्थित मानास क्षेत्रमा गत अप्रिल १३ तारिखमा भएको बस दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । ७ जनाको अवस्था गम्भीर छ ।

जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार उक्त घटनामा २२ वर्षीया रविना राईको मृत्यु भएको हो । उनी एक वर्ष तीन महिनादेखि उक्त कम्पनीमा कार्यरत थिइन् ।

घाइतेहरुको किङ हुसेन मेडिकल सेन्टर र अल वासहिर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई पुरुष र १७ महिला छन् । उनीहरू इएम मालिवन टेक्सटायल (गार्मेन्ट) उद्योगका कामदार हुन् ।


बिदाको दिन घुम्न जाँदा पेत्राको सडकको मोडमा बस पल्टिएको थियो । बसमा २९ नेपाली महिलासहित ४६ जना विदेशी कामदार थिए । घटनास्थल जोर्डनको राजधानी अम्मानबाट २ सय २० किमि दक्षिणमा पर्छ ।

दुर्घटनामा ३३ वर्षीया गीता राई, २७ वर्षीया निर्मला राजभण्डारी र २१ वर्षीया अम्बिका रम्तेल सार्कीले बायाँ हात गुमाएका छन् । गीता ९ महिना, निर्मला ६ महिना र अम्बिका तीन महिनाअघि जोर्डन पुगेका थिए । ३० वर्षीया सम्झना खत्री, २९ वर्षीया एकुमाया प्रधान र २४ वर्षीया पवित्रा कार्कीको बायाँ पाखुराको हड्डी भाँच्चिएको छ । खत्री ५ वर्ष र कार्की २ वर्ष ८ महिनाअघि जोर्डन पुगेका थिए । २७ वर्षीया सरिताकुमारी थिङ हेन्जानको अवस्था अझै गम्भीर छ । उनको सघन कक्षमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ ।

अल वासहिर अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेमा २४ वर्षीया शर्मिला श्रेष्ठ, २८ वर्षीया दीपा महरा, २२ वर्षीया दीपा लोप्चन, २३ वर्षीया रीता गुरुङ, ३४ वर्षीया विष्णुमाया राई, ३१ वर्षीया गंगा महरा, २१ वर्षीया सोनु गुरुङ, २४ वर्षीय डम्बरबहादुर विश्वकर्मा र २३ वर्षीया भवी विक छन् ।

२८ वर्षीया कृष्णमाया तामाङ, २८ वर्षीया सुनिता गुरुङ र २१ वर्षीया दावाडोल्मा तामाङ भने डिस्चार्ड भई कम्पनीको क्याम्प फर्किएका छन् ।

नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीका अनुसार घाइते नेपालीको उपचारमा जोर्डन सरकारले विशेष ध्यान दिइरहेको छ । घाइतेलाई रोयल जोर्डनीय एयर फोर्सको हेलिकप्टरबाट राजधानी अम्मानस्थित अस्पताल लगिएको थियो । कम्पनीले मृतक राईको बिमा रहेकाले क्षतिपूर्ति दिने जनाएको छ ।

जोर्डनको गान्र्मेट क्षेत्रमा २ हजारभन्दा बढी नेपाली महिला कार्यरत छन् । नेपालले श्रम सम्झौता गरेपछि जोर्डन नेपाली महिलाका लागि प्रमुख गन्तव्य बन्दै गएको छ । ती महिला कामदारलाई एसीई म्यानपावरले पठाएको हो । गार्मेन्ट क्षेत्रमा जाने कामदारलाई तालिम दिई निस्शुल्क पठाइरहेको म्यानपावरको दाबी छ ।
एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...