मध्यपुर थिमी नगरपालिकाका मेयरमाथि कुटपिट, गाडी तोडफोड

Kutpit

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई अज्ञात समुहले कुटपिट गरी घाइते बनाएका छन् । साँझ करिब ६ बजे उनको निवास अगाडि दुईजनाले सांघातिक आक्रमण गरेका हुन् ।
आक्रमणकारीले फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए । आक्रमणपछि घाइते भएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।

आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए । त्यसपछि आक्रमणकारीले प्रमूख श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड गरेर पूर्र्णरुपमा क्षति पुर्याएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...