युवा श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ

Sher tamang

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रमको आज यहाँ समापन गदै उनले युवाबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गरे । सरकार युवा श्रमलाई स्वदेशमा नै खर्च गर्ने तर्फ लागिरहेको भन्दै उनले युवाको पसिनाबाट नै मुलुक बन्ने बताए ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले वैदेशिक रोजगार भन्दा पनि युवालाई परिषद्ले स्वदेशमा सीपमूलुक तालीम दिएर स्वरोजगार बनाइने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले युवाका सफलताका कुरा सञ्चारकर्मीले सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले सञ्चार माध्यमममा काम गर्ने धेरै युवा भए पनि युवासम्बन्धी कुरा त्यतिधेरै नआएको भन्दै युवा सञ्चारकर्मीले युवाको समाचार बढी प्रकाशित गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...