५ वर्षदेखि पुल निर्माण अलपत्र

Veri

जाजरकोट । भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि ५ वर्ष बितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन । सडक विभागको लापरबाहीले पुल निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ ।

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । बर्खा लाग्ने वित्तिकै खोलाको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो ।
सडक विभाग र आइएमई आरसी कन्सलटेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो ।

दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम शुरुसमेत नभएको स्थानीय कालीबहादुर पुनले बताए । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणको कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए ।

पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम रु ३ करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माण स्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले बताए ।

‘पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य शुरु गर्न नसकेको हो,’ पौडेलले भने । पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...