मनोनयको मिति थप्दै महासंघले भन्यो, ‘ताला लगाइनु प्रेस स्वतन्त्रताकै बर्खिलाप हो’

Fnj ktm

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनको मनोनयको मिति एक दिन थप भएको छ ।

महासंघले शुक्रबार ४ बजेसम्म १० प्रदेशका लागि मनोनयन गर्ने मिति तय गरेको थियो । तर, विभिन्न सात संगठनहरुले महासंघको केन्द्रिय कार्यालय सहितका अन्य प्रदेश कार्यालयमा समेत तालाबन्दी गरेपछि केन्द्रिय निर्वाचन समितिले मनोनयनको मिति आइतबारसम्म सारेको छ ।

‘आन्दोनलरत पक्षलाई मनोनयको समय अपुग भएको महसुस गरिएकाले महासंघले निर्वाचन समितिलाई आइतवारसम्म मनोनयनको मिति सार्न आग्रह गरेका हौं’ नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भने, ‘हामी आन्दोलनरत सात संठगन र तीन ठूला संगठनहरुबीच वार्ताको वातावरण बनोस् भन्ने चाहन्छौं, त्यसका लागि मनोनयनको म्याद थप गरेका छौं ।’

क्रान्तिकारी पत्रकार संघ, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी, मधेशी पत्रकार समाज र संघीय प्रेस फोरमले तीन ठस्ला संगठनहरुले पत्रकार महासंघमा सिन्डिकेट लागू गर्न खोजेको आरोपमा शुक्रबार विहान ११ बजे महासंघको केन्द्रिय कार्यालयमा तालावन्दी गरेका थिए ।

सात संगठनले महासंघमा तालावन्दी गरे पनि महासंघको प्रांगणमै प्रदेश नं. १० (एसोसियट) तर्फको मनोनयन भएको थियो । त्यसैगरी अवरोधका बाबजुत पनि पिजे क्लव र महासंघको काठमाडौं शाखामा प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरका उम्मेदवाहरुले मनोनयन पत्र बुझाएका छन् ।

ताला लागाइनु प्रेस स्वतन्त्रताकै बर्खिलाप : महासंघ
आन्दोलनरत सात संगठनहरुले महासंघको केन्द्रिय कार्यालय लगायतका प्रदशे शाखाहरुमा तालाबन्दी गरिएकोमा आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै महासंघको केन्द्रीय समितिको निर्णयअनुसार आन्दोलनरत पक्षले उठाएका मतदाता नामावली लगायतका विभिन्न माग सम्बोधन भैसकेको अवस्थामा महासंघमा नै तालाबन्दी हुनु दुखद् भएको उल्लेख गरेका छन् ।

महासंघले कुनै पनि समस्याको समाधान वार्ता र सम्वादबाट हुने लोकतान्त्रिक विधिलाई अबलम्वन गर्नुको साटो एक्कासी तालाबन्दी गरेर प्रस्तुत हुनु ज्यादै दुःखद भएकाले तत्काल ताला खोलेर वार्ता र सम्वादको बाटोबाट समस्याको समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

‘महासंघको संगठनात्मक जीवनमा निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आम पत्रकार साथीहरुलाई आग्रह गर्दछु’ सो विज्ञप्तीमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अग्रणी भूमिका निर्वाह गर्दै आएको महासंघका कार्यालयहरुमा ताला लागाइनु भनेको प्रेस स्वतन्त्रताकै बर्खिलाप भएकाले यस्ता कार्यमा संलग्न नहुन महासंघका सदस्य साथीहरुमा आग्रह गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...