बाल श्रमिकको उद्धार

Bal srm

काठमाडौँ । सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत ६ जना बालकको उद्धार गरिएको छ ।

श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन बस, मिनीबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतको अनुगमन गरी आज लगनखेल बसपार्कबाट छजना बालकको उद्धार गरिएको हो ।

श्रम कार्यालय वाग्मतीका प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको अभियानमा आज १५५ वटा सवारी साधनको अनुगमन गरी सचेतनामूलक स्टिकरसमेत टाँसिएको छ । बालश्रम निषेध र नियमित गर्नेऐन, २०५६ अनुसार सार्वजनिक यातायातका साधनमा बालबालिकालाई श्रममा लगाउन पाइँदैन ।

सवारी साधनबाट सहचालकका रुपमा कार्यरत १६ वर्षमूनिका छजना बालकलाई उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापनका लागि सामाजिक संस्थामा पठाइएको हो । अभियानलाई निरन्तरता दिइने बाल कल्याण समितिले जनाएको छ । अभियान वैशाख ५ गतेदेखि शुरु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...