मालिन्दो एयरको जहाज धावन मार्गबाटै चिप्लियो

१३९ यात्रु सकुसल, अन्तर्राष्ट्रिय उडान अबरुद्ध

Malindo air

काठमाडौं । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज धावन मार्गबाट चिप्लिएपछि हवाई उडान प्रभावित भएको छ ।

मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा पुगेर जोतिएको थियो । सो जहाज ठूलो दुर्घटनाबाट भने जोगिएको छ ।

राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

सो जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् ।

सो जहाज घासे मैदानमा भासिएपछि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । घासे मैदानमा भासिएको सो जहाजलाई पार्किङमा सार्ने प्रयास भइरहेको भए पनि नसक्दा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...