घुस रकम बाँडफाँडमा कुरा नमिल्दा कर्मचारीबीच कुटाकुट

Napi

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित नापी कार्यालयका कर्मचारीबीच घुस रकम बाँडफाँडको विषयलाई लिएर कुटाकुट भएको छ । नापी शाखाको नक्सा प्रिन्ट शाखामा कार्यरत कर्मचारीद्धय सन्तोष साह र विनोद देवबीच कुटाकुट भएको हो ।

सेवाग्राहीबाट लिएको रकम उचित रूपले बाँडफाँट नगरेको भन्दै साहले विनोदको कठालो समातेर भकुरेका थिए ।
स्रोतका अनुसार साह र देव दुबै जना करारमा नियुक्त कर्मचारी हुन् । प्रमुख नापी अधिकृत मगनु दत्तले साह र देवबीच मिलापत्र गराउने प्रयत्न गरेपनि अहिलेसम्म कुरा मिलेको छैन ।

प्रकमुख दत्तले मन्त्री, सचिव र उच्चपदस्थ अधिकारीहरुलाई रिझाउन कार्यालयमा उनीहरुका ११ जना मान्छेलाई करारमा नियुक्त गरेका छन् ।
केही दिनअघि धनगढीस्थित मालपोत कार्यालयमा सेवाग्राहीबाट घुसबापत लिएको रकम बाँडफाँट नमिल्दा तीन/चार जना कर्मचारीबीच कार्यालयभित्रै कुटाकुट हुन पुगेको थियो । कुटाइमा संलग्न सबै कर्मचारीलाई तत्काल निलम्बन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...