यस्तो बन्दैछ बाहिरी चक्रपथ

Chakra patha

काठमाडौँ । सरकारले बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) हालै स्विकृत गरेको छ । मन्त्रिपरिषद बैठकबाट डीपीआर स्वीकृत गरेसँगै निर्माण कार्य सुरु हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी ओलीद्वारा सरकार गठनको भएको सय दिन पुगेको अवसरमा बाहिरी चक्रपथको शिल्यान्यास गर्दैछन् । उपत्यकाका तीन जिल्लामा पर्ने ७१.१० किमिको चक्रपथको शिलान्यास चोभारबाट हुनेछ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण बाहिरी चक्रपथका प्रवक्ता धु्रव सापकोटाका अनुसार पहिलो चरणमा सतुंगल–चोभार खण्डको करिब ६ किमिमा काम हुनेछ । पूरै बाहिरी चक्रपथ निर्माण गर्दा ८० हजारदेखि १ लाख रोपनीसम्म जग्गा अधिग्रहण गरिनेछ । निर्माण क्रममा भत्काइने घरको मुआब्जा दिने र जग्गाको साटो जग्गै दिने उनले बताए ।

जग्गा पर्ने स्थानीय बासिन्दालाई दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारी भइसकेको उल्लेख गर्दै उनले २ सय ५० मिटर दायाँबायाँ परेका घर नभत्काउने र खाली जग्गालाई जग्गा विकास कार्यक्रममार्फत घडेरीमा परिणत गर्ने जानकारी दिए ।
आव ०५६ र ०५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको यो चक्रपथको सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी पूरा भएको सापकोटाले बताए ।

बाहिरी चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ३५.८, १५.८० र २१.०५ किमि रहने अनुमान छ । सडक खण्डका विभिन्न स्थान गरी १.५ किमि सुरुङमार्ग बन्नेछ । ५० मिटर चौडाइको यो चक्रपथ ८ लेनको हुनेछ ।

अर्थमन्त्रालयले ७ वर्षअघि आयोजनाका लागि करिब १० करोड र क्षतिपूर्तिका लागि ३ करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ९ करोड रुपैयाँ कार्यालय सञ्चालनमै सकिएको छ । मुआब्जाका लागि छुट्याएको रकम खर्च नहुँदा प्रत्येक वर्ष ‘फ्रिज’ हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...