एउटै वडामा ५ वटा सडक एकैसाथ उद्घाटन

Turning

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङमा एकैसाथ ५वटा सडक उद्घाटन गरिएको छ ।

एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित ५० लाखको खर्चमा निर्माण गरिएको ५ वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गरे ।

चार किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक ८ लाखको लागतमा निर्माण गरिएको हो ।

यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक चार–चार लाखमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए । सडक उद्घाटनपछि बाम्राङको सबै टोलमा सहज रुपमा यातायात सञ्चालन हुन थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...